Skip to main content

Posts

आमा कविता

 
Recent posts

‘रैबारे मरिगया पन, रैबार नमरिजाओस’ – बिनु पोखरेल

अतिरञ्जित र झूटो समाचारले सञ्चारमाध्यममाथिको विश्वसनीयता मात्रै गुम्दै छैन, समाजलाई नै अराजकतातर्फ धकेल्ने खतरा समेत देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सूचना वा सन्देशलाई रैबार र त्यस्तो सूचना ल्याउने मान्छेलाई रैबारे भनिन्छ । सूचनाको महत्व स्थापित गर्ने त्यहाँ प्रचलित एउटा वाक्यांश ‘रैबारे मरिगया पन, रैबार नमरिजाओस’ को अर्थ हो– सन्देशवाहकको मृत्यु भइहाले पनि सन्देश नमरोस् ! यो वाक्यांशले समाचार सत्य नै हुन्छ भन्ने ठान्छ । हिजो मानिस आफैं सन्देशवाहक हुन्थ्योे । अहिले हामी सञ्चारको उच्चतम विकासको अवस्थामा आइपुगेका छौं । योसँगै सञ्चारमाध्यमका लागि सत्य सूचना सम्प्रेषण गर्ने चुनौती थपिएको छ । पछिल्लो समय सूचना प्रवाहमा व्यापकता आएसँगै स्वार्थपूर्ण र गलत समाचार (फेक न्यूज) को प्रवाह पनि बढेको छ । स्वार्थअनुकूल कुनै पनि घटनाको आधा पाटोलाई प्रवर्द्धन गर्ने र अर्काे पाटोलाई मार्ने प्रवृत्ति बढेको छ । डिजिटल मिडियाको बाढीसँगै सूचना एकपक्षीय, संशोधित र निर्देशित हुन्छन् भन्ने भावना आम पाठकमा पर्न थालेको छ । सञ्चारमाध्यमका खबरमाथि नागरिक विश्वासमा शंका आउनु लोकतन्त्रका लागि रा

के अब स्त्री हरुले कृष्ण, बुद्ध र महाबीर जन्माउन सक्दैनन् ? – बिनु पोखरेल

  मौनव्रतको समय भएर केही दिन सामाजिक सञ्जालका सूचनाहरुबाट बाहिर थिएँ । यसै समयमा आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा भएको क्रूर यौन हिंसासम्बन्धी भिडियो भाइरल भएको रहेछ । म भने सूचनाबाट बाहिर नै थिएँ । यस्तो घटनामा तपाईं किन नबोल्नु भएको भनेर धेरैले म्यासेज गर्नुभएको रहेछ, मैले पछि थाहा पाएँ । मसँग जिज्ञासा राख्ने शतप्रतिशत पुरुष हुनुहुन्छ । एकजनाले त स्त्रीहरु किन बलत्कारी नभएका होलान् भनेर प्रश्न गर्नु भएको रहेछ । सुस्मितामाथि भएको हृदयविदारक अमानवीय र पाशविक घटनाको वर्णन सुन्दा स्तब्ध बनायो । उनलाई सुन्दा हुने मानसिक आघात नै यति डरलाग्दो छ भने भोग्नेलाई कस्तो भयो होला ? यस प्रकरणमा मुद्दा अदालतमा जाने प्रक्रिया सुरु भएकाले अपराधीलाई हदैसम्मको कानूनी कारबाहीको माग गर्नुबाहेक नागरिकको तहबाट हामी केही गर्न सक्दैनौं । यस्ता पाशविक घटना किन बारम्बार भइरहन्छन् ? किन मानिसभित्र पशुवत चरित्र हुर्कँदै गएको छ ? यस्तो क्रूर हिंसा भोग्दा पनि किन पीडितले त्यसबेलै यसलाई सार्वजनिक गर्न सक्दैनन् ? यस्ता प्रश्नहरुमा सामाजिक बहस चलाइनु पर्दछ । पीडित सुस्मिताले आठ वर्षसम्म एकपछि अर्काे पुरुषबाट भएको बला

जहाँ छोरा अन्माएर ज्वाइँ भित्र्याइन्छ– बिनु पोखरेल

  बिहेपछि छोरीले घर–माइती गर्ने समाजमा हुर्केकी म केही समयअघि भारतको मेघालय पुगेँ। त्यहाँ पुगेपछि बनेका मेरा साथी हुन् हरि लिङ्दो। हुरीसहितको झमझम पानी परिरहेको एक साँझ हरि, उनकी श्रीमती सल्ला र छोरीसँगै म हरिको आमाघर (माइती) मअल्यङ् गएँ। मअल्यङ् मेघालयमा रहेको एउटा सुन्दर गाउँ हो, जहाँ मातृप्रधान सामाजिक व्यवस्था छ। नेपालमा छोरीलाई अन्माएर ज्वाइँको घरमा पठाएजस्तै यहाँका खासी जातिमा छोरालाई अन्माएर बुहारीको घरमा पठाइन्छ। यो गाउँमा खासीहरुको बाक्लो बस्ती छ। यस मातृप्रधान समाजको मुख्य पेसा व्यापार हो। यो गाउँ लामो कुचोका कारण प्रसिद्ध छ। म पनि उनीहरुको साथ लागेर हरिको माइती गएँ।  माइत जाँदा हरिले नै गाडी हाँकेर लिएर गए। बाटोमा उनलाई मैले हिन्दीमा सोधेकी थिएँ– ‘कति पछि माइत आयौ हरि?’ उनले हाँस्दै नेपालीमा भनेका थिए– ‘यता काम पर्दा कहिलेकाहीँ निस्कन्छु। यहीँ बस्नेगरी नआएको त धेरै भयो।’ व्यापारी भएका कारण धेरै ठाउँ डुल्ने र बुबा नेपाली भएकाले उनी हिन्दी, अंग्रेजी, नेपाली र खसिया भाषामा सहज बोल्न सक्छन्। तथापि अधिकांश खासीहरु आफ्नोबाहेक अन्य भाषा बुझ्दैनन्। हामी उनको माइती पुग्दा आमा धेरैपछि

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’ भनेर पूजा गरिन्छ ।

मुक्तिनाथमा साम्यवाद –बिनु पोखरेल

  तिब्बती भाषामा मुक्तिनाथलाई ‘छु–मिग्ब्ग्र्यर्च’ भनिँदो रहेछ । छु–मिग्ब्ग्र्यर्चको अर्थ हो– एक सय र केही जलधारा । समग्रमा एक सय आठ जलधारा भन्ने हुन्छ । मुक्तिनाथ यस्तो तीर्थ हो, जहाँ हिन्दू र बौद्ध साझा रूपमा पूजा गर्छन् । मुक्तिनाथलाई हिन्दू भगवान् विष्णु मान्छन् भने बौद्ध आर्यावलोकितेश्वर (तिः ‘फग्स्–प–सप्यन्–रस्–ग्सिग्स्) । मुक्तिनाथ क्षेत्र समुद्रको सतहदेखि ३७४९ मिटरको उचाइमा छ । वरिपरि हिउँले ढाकिएका अग्ला हिमालको पूर्वपट्टिको भित्तामा छ, मुक्तिनाथ मन्दिर ।  हिमालको काखमा हुनाले सबै खालका पर्यटकको ओइरो लाग्ने नै भयो । धार्मिक आस्था राख्ने संसारका जुनसुकै देशका हिन्दू र बौद्ध धर्मावलम्बी एकपटक मुक्तिनाथ पुगेमा मात्र पनि जीवनबाट मुक्ति पाइन्छ भन्ने विश्वासमा त्यहाँ पुग्ने गर्छन् । त्यसै कारण साझा तीर्थको रूपमा पुजिने सबैभन्दा प्रसिद्ध तीर्थ बन्यो मुक्तिनाथ ।  गण्डकी माहात्म्यमा ब्रह्माजी मुक्तिक्षेत्रमा भगवान् विष्णुका नजिक दिव्यवैश्वानर (अलौकिक अग्नि) भएर बसेको उल्लेख छ । भगवान् मुक्तिनाथको पूजा सनातन हिन्दू परम्पराअनुसार पुजारीबाट हुन्छ । तर, झुमा र पुजारी दुवै मन्दिरमा देख्दा सा

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो । हा