Skip to main content

के अब स्त्री हरुले कृष्ण, बुद्ध र महाबीर जन्माउन सक्दैनन् ? – बिनु पोखरेल





 मौनव्रतको समय भएर केही दिन सामाजिक सञ्जालका सूचनाहरुबाट बाहिर थिएँ । यसै समयमा आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा भएको क्रूर यौन हिंसासम्बन्धी भिडियो भाइरल भएको रहेछ । म भने सूचनाबाट बाहिर नै थिएँ । यस्तो घटनामा तपाईं किन नबोल्नु भएको भनेर धेरैले म्यासेज गर्नुभएको रहेछ, मैले पछि थाहा पाएँ । मसँग जिज्ञासा राख्ने शतप्रतिशत पुरुष हुनुहुन्छ । एकजनाले त स्त्रीहरु किन बलत्कारी नभएका होलान् भनेर प्रश्न गर्नु भएको रहेछ ।

सुस्मितामाथि भएको हृदयविदारक अमानवीय र पाशविक घटनाको वर्णन सुन्दा स्तब्ध बनायो । उनलाई सुन्दा हुने मानसिक आघात नै यति डरलाग्दो छ भने भोग्नेलाई कस्तो भयो होला ? यस प्रकरणमा मुद्दा अदालतमा जाने प्रक्रिया सुरु भएकाले अपराधीलाई हदैसम्मको कानूनी कारबाहीको माग गर्नुबाहेक नागरिकको तहबाट हामी केही गर्न सक्दैनौं ।

यस्ता पाशविक घटना किन बारम्बार भइरहन्छन् ? किन मानिसभित्र पशुवत चरित्र हुर्कँदै गएको छ ? यस्तो क्रूर हिंसा भोग्दा पनि किन पीडितले त्यसबेलै यसलाई सार्वजनिक गर्न सक्दैनन् ? यस्ता प्रश्नहरुमा सामाजिक बहस चलाइनु पर्दछ । पीडित सुस्मिताले आठ वर्षसम्म एकपछि अर्काे पुरुषबाट भएको बलात्कार र दुव्र्यवहार लुकाएर, बारम्बार आत्महत्याको प्रयास गर्दै, चरम अवसादको शिकार भएर पीडा आफूभित्रै दबाएर किन बस्नु पर्यो ? बलात्कारी पाण्डे समाजको प्रतिष्ठित तहमा शानसँग कसरी बस्न सके ? यस्तो क्रूर अपराधमा अपराधीलाई आठ वर्षसम्म सुरक्षा कसरी प्राप्त भयो ? यी प्रश्नहरुको निरुपण भएन भने एउटा अपराधीले सजाय पाउँदैमा समाजबाट यस्ता क्रूर अपराधहरु कम हुने छैनन् । तसर्थ यस आलेखमा किन पुरुषमा पशुवत चरित्र हुर्कियो र स्त्रीहरुमा त्यो किन छैन भन्नेबारे चर्चा गरौं ।


भारतको विहार प्रान्तमा भर्खरैको एउटा घटना छ । जहाँ आफ्नी १६ वर्षकी छोरीलाई बाबुले सात वर्षदेखि करणी गर्दै आएको कुरा छ । बाबूले गरेको अत्याचारबारे प्रहरीमा उजुरी दिन पुगेकी छोरीले भनेकी छन्– मैले पढ्ने स्कूलमै शिक्षक रहेका बाउको यो हर्कत बाहिर भनौं भने इज्जत जाने र दुनियाँले मलाई नै दोषी देखाउने डरले म नबोली बसें । तर सहनुको सीमा पार भएपछि मैले मात्रै लुकाएर नहुने रहेछ, यो अत्याचारलाई अब म सार्वजनिक गर्छु भन्ने हिम्मत आयो ।

अति भएपछि उनले आँट गरेर भिडियो बनाइन् र प्रहरीमा गइन् । घटनाबारे उनकी आमाले भनेकी छन्– म पनि सानैमा बलत्कृत भएकी थिएँ । मैलेजस्तै छोरीले जीवनभर आफैंलाई दोषी बनाएर मरिमरि जिउँन नपरोस् भनेर घटना बाहिर ल्याउन सहयोग गरेकी हुँ ।

सुस्मितामाथि भएको हृदयविदारक अमानवीय र पाशविक घटनाको वर्णन सुन्दा स्तब्ध बनायो । उनलाई सुन्दा हुने मानसिक आघात नै यति डरलाग्दो छ भने भोग्नेलाई कस्तो भयो होला ? यस प्रकरणमा मुद्दा अदालतमा जाने प्रक्रिया सुरु भएकाले अपराधीलाई हदैसम्मको कानूनी कारबाहीको माग गर्नुबाहेक नागरिकको तहबाट हामी केही गर्न सक्दैनौं ।

अर्थात्, असुरक्षाका कारण कयौं यस्ता घटना जुनसुकै समाजमा भित्रभित्रै गुम्सिएका छन् । तिनलाई बाहिर ल्याउन ठूलै हिम्मत गर्नु पर्छ । बलात्कारको पीडा सहनभन्दा बढी हुन्छ घटना सार्वजनिक गर्दाको पीडा । हेर्दाहेर्दै देवताजस्तो देखाइएको मान्छेको लुकेको राक्षसी अनुहार बाहिर ल्याउँदा उसले पुर्याउनसक्ने क्षति र प्रहार कति हुन्छ, हामी सुस्मिताको भिडियो हेरेरै महसुस गर्न सक्छौं ।

आज सुस्मिता एउटी देखिइन् । तर यस्ता घटना घरभित्रै र बाहिर कति लुकेका छन् । कोट्याएर हेर्ने हो भने बलात्कृत सुस्मिताहरु यो समाजभित्र कति छन्, जो समाजले उल्टो आरोप लगाउने डरले हिंसा खप्दै आफैंलाई दोषी ठहर्याउँदै हिनताबोधमा जीवन काटिरहेका छन् । समाजले बलात्कारका घटनालाई यसरी अनुमोदन गरिदिएको छ कि स्त्रीहरु बलात्कृत हुनु र पुरुषले बलत्कार गर्नु स्वाभाविक हो ।

किन पुरुष मात्रै बालात्कारी हुन्छ ?

आखिर पुरुष र स्त्रीमा लैंगिक अंगको भिन्नता लिङ्ग र योनिको मात्र हो त ? जसले बलात्कार गर्न पुरुषलाई सजिलो बनाएको होस् । किन पुरुष मात्र बलत्कारी भयो र स्त्री बलत्कारी भएनन् ? यसको चुरो बुझ्न उच्च सम्मानका साथ चलिरहेको मातृसतात्मक समाजमा लिएर जान्छु । जहाँ म केही समय अघि मात्र (चैत १०–२६) पुगेकी थिएँ ।

भारतको मेघालय राज्य जहाँ खासी जातिको बसोवास छ । खासी समाज मातृसतात्मक समाज हो । जुन समाजमा छोराहरु विवाह गरेर बुहारीका घरमा जान्छन् भने छोरीहरुले विवाह गरेर ज्वाईं ल्याउँछन् । ज्वाईं ल्याउने मात्र होइन, आमाको अंश पनि छोरीहरुमा बाँडिन्छ र वंश पनि आमाको थरबाट चल्छ । जसरी हाम्रो समाजका स्त्रीविना सम्पत्ति, बाउको थर पनि छोडेर पुरुषको घरमा पुग्छन् र उसैको सम्पत्तिमा अनि थर पनि उसैको राखेर बस्छन्, त्यसैगरी यहाँका छोराहरु जन्मघरबाट विवाह गरेर श्रीमतीको घरमा जान्छन् । यहाँका स्त्रीहरु पुरुषको खटनमा रहेजस्तै त्यहाँ घरमूली स्त्रीको खटनमा रहन्छन् ।

सन्तानलाई जन्म दिने आमाले नेतृत्व पाउँदा प्राकृतिक व्यवस्था अनुकुलको सामाजिक व्यवस्था भएर हुनसक्छ, त्यहाँ बलत्कारका घटना एकदमै न्यून छन् । २९ लाख जनसंख्या भएको मेघालयमा १३ लाख खासी जातिको जनसंख्या छ ।

जहाँ जबरजस्ती करणी हुने घटनाको संख्या न्यून छ । त्यहाँ यहाँजस्तो पुरुषले बलत्कार गर्नसक्ने हिम्मत राख्दैन । अनि स्त्रीहरु पनि उच्च मनोबलका साथ आफ्ना कुरा राख्नसक्ने छन् । अर्को कुरा, त्यस्ता हिंसाका घटनामा समाजमा तत्काल उजुरी हुन्छ र समाजले नै उसलाई कारबाही गर्छ । यद्यपि अहिले बलत्कारका घटनाका उजुरी बढ्न थालेको बताइएको छ ।

यो तथ्यलाई यहाँ गएर  हेर्न सकिन्छ । मेघालयका पितृसतात्मक समाजमा रहेकाहरु भन्छन्– अलि अघिसम्म त केटी जिस्काउने या बलात्कार गर्ने पुरुषहरुलाई उनीहरु कतिबेला हत्या गरेर फ्याँक्थे पत्तो हुँदैनथ्यो । अर्थात् उनीहरु प्रशासनलाई नै थाहा नदिइ समाजका समस्या सुल्झाउँथे ।

त्यसकारण पुरुषहरु स्त्रीलाई जबरजस्त गर्न डराउँथे । खासी समाजमा जबरजस्त करणी गर्ने त कल्पना पनि गर्न सक्दैनथे । तर आज भने त्यस्तो छैन । त्यहाँ पनि अरु समाजको प्रभाव परेको छ । त्यहाँ परिवारको प्रमुख आमा नै हुने हुनाले र पुरुषहरुमा म ठूलो हुँ भन्ने अहं, उचो नभएको र स्त्रीहरुमा पनि कमजोर हौं भन्ने भाव नहुने हुँदा बलत्कारका घटना न्यून रहेको छ ।

यहाँनेर हामी हाम्रो समाजलाई त्यस समाजसँग दाँजेर हेर्न सक्छौं । परिवारको प्रमुख, बच्चाको अभिभावकदेखि सम्पत्तिको पनि मालिक भएका शक्तिशाली स्त्रीहरु बलत्कारी किन भएनन् ? शक्ति नभएर होला ? बलात्कार गर्ने अंग नभएर होला ? शारीरिक सम्बन्धमा निचो स्थानमा रहनपर्ने कारणले होला ? यो जरुर हो कि यौन आसनमा स्त्रीहरु रिसेप्टिभ अथवा लिने तहमा हुन्छन् । तर पुरुषमा भन्दा स्त्रीमा अधिक यौनाकांक्षा (मनुस्मृति) हुन्छ । उसले पुरुषलाई अनेक तरिकाले औषधि खुवाएर प्रयोग गर्न सक्थी । तर स्त्रीहरुले यसो गरेनन् ।

सन्तानलाई जन्म दिने आमाले नेतृत्व पाउँदा प्राकृतिक व्यवस्था अनुकुलको सामाजिक व्यवस्था भएर हुनसक्छ, त्यहाँ बलत्कारका घटना एकदमै न्यून छन् । २९ लाख जनसंख्या भएको मेघालयमा १३ लाख खासी जातिको जनसंख्या छ ।

किनकि स्त्रीहरु शक्तिमै रहे पनि आक्रामक हुँदैनन् । आक्रमकता स्त्रीको प्राकृतिक गुण होइन । एकदमै न्यून पुरुषहरु मात्र स्त्रैण गुण भएका प्रेमिल पनि हुन्छन् भने कतिपय स्त्रीहरु पनि पौरुष्य गुण भएका हुन्छन् । अधिकांश स्त्रीहरु आफू ठूलो ठानिन अरुलाई दबाएर, किचेर, थिचेर आफूले जितेको महसुस गर्ने खालका हुँदैनन् । उनीहरुमा शान्त, विनयशील, प्रेमिल र समभावमा रहने गुण प्रकृतिले छोडेको हुन्छ ।

आमा बन्नुपर्ने भएका कारण स्त्रीहरुमा प्रोजेष्टोरन नामको हार्मोन अधिक पैदा हुन्छ । जुन हार्मोनको कारण उनीहरु विनयशील हुन्छन् । स्त्रीहरु त वेश्या नै हुँदा पनि जतिलाई शरीर पस्कन्छन्, समभावमा पस्कन्छन् । तर प्रेममा पनि पुरुष चाहिँ आक्रामक हुन्छ । त्यसैले पुरुष वैश्य(वेश्याको पुरुष) पनि हुन सकेनन् ।

आखिर पुरुष किन यति आक्रामक हिंस्रक छन् र स्त्रीहरु यस्तो हिंसामा पनि शान्त किन छन् ? यो पाटो खोज्नु पर्छ । यसबारे मैले पहिले नै लेखेकी छु । खासमा स्त्रीहरु नौ महिनासम्म पेटमा बच्चा राखेर प्रसव पीडा खपेर अर्को मान्छेको जन्म दिनमा नै आफूलाई पूर्ण भएको महसुस गर्छन् । त्यसैले स्त्रीहरु विवाहमा बाँधिनुलाई आमा बनेर प्रकृतिको आस्वादन लिनुसँग गाँस्छन् ।

त्यसैले विवाह गर्दा पुरुषहरु जति खुसी देखिन्छन्, स्त्रीहरु देखिँदैनन् । किनभने स्त्रीलाई सन्तान जन्माउनमा नै परमानन्द प्राप्त हुन्छ, त्यो अरु केहीले दिन सक्दैन । तर प्रकृतिले पुरुषहरुलाई शुक्रकिट दान मात्र गर्ने झिनो काम सुम्पेको छ । त्यो काम ऊ विवाह गरेर कानून त प्राप्त गर्छ र विवाहको क्षण ऊ खुसीमा हुन्छ । तर शुक्रकिट दानले मात्र पुरुष प्रकृतिको आस्वादन गर्न नपाएर अपुरो महसुस गरिरहेको हुन्छ र स्त्रीमा प्रकृतिले दिएको शक्तिप्रति उ इश्र्याले भरिएको हुन्छ । त्यसको ऊ तत्कालको तत्काल यौन सम्बन्ध राखेर आक्रमक भएर प्यास मेट्न चाहन्छ । त्यसैले यौन आसन पाउनु नै उसको विवाहको लक्ष्य हुन्छ ।

पुरुष बाहुबल देखाउने ठाउँकै खोजीमा हुन्छ । ‘सक्ने छु’ भन्ने देखाउन ऊ कविता, गीत बनाउँछ । अनेक आविष्कार गर्छ अनि जीवनभर पदमा पुगेर, पैसा जम्मा गरेर आफू ‘अग्लो हुँ’ भन्ने भ्रममा पारिरहन्छ । तर त्यतिले पनि उसलाई स्त्रीको त्यो पूर्णतासम्म पुर्याउन सकेको हुँदैन । त्यसैले नवरचना गर्न नसके पनि मेटाउन त सक्छु भन्ने भाव उसले भित्रभित्रै तयार गरिरहेको हुन्छ । त्यसैको प्रकट एक रुप हो बलात्कार ।

स्त्रीलाई निचो देखाउने पुरुषप्रधान सामाजिक मान्यता पनि त्यसैका उपज हुन् । स्त्रीहरु आफूलाई श्रेष्ठ देखाउन कहिल्यै लागेनन् । एक से एक विद्वान भनाइएका पुरुषहरु स्त्रीलाई निचो देखाउनमा नै केन्द्रित छन् ।

रुसो (सन् १७१२–१७७८) त्यसैको एक उदाहरण हुन् । उनले भनेका छन्– स्त्रीको पूरा शिक्षा पुरुषको सम्बन्धमा हुनुपर्छ । प्लेटो, अरस्तु, मनु धेरै यस्ता विद्वान भनाइएकाहरुको नाम दिन सकिन्छ, जो स्त्रीलाई निचो देखाएर विद्वान कहलिएका छन् । मान्छे आफूलाई उचो प्रमाणित गर्न किन लाग्छ भने उ आफू निचो छु भन्ने जान्दछ । स्त्रीलाई निचो देखाउन गरेका सामाजिक प्रबन्धले नै यो देखाउँछ । अनि त्यतिले पनि चित्त नबुझेर ऊ बलात्कार गर्छ ।

आखिर पुरुष किन यति आक्रामक हिंस्रक छन् र स्त्रीहरु यस्तो हिंसामा पनि शान्त किन छन् ? यो पाटो खोज्नु पर्छ । यसबारे मैले पहिले नै लेखेकी छु । खासमा स्त्रीहरु नौ महिनासम्म पेटमा बच्चा राखेर प्रसव पीडा खपेर अर्को मान्छेको जन्म दिनमा नै आफूलाई पूर्ण भएको महसुस गर्छन् । त्यसैले स्त्रीहरु विवाहमा बाँधिनुलाई आमा बनेर प्रकृतिको आस्वादन लिनुसँग गाँस्छन् ।

यस्तो दमित मानसिकता बोकेको पुरुषले आफ्नो नेतृत्वको समाजमा हिटलर, विन लादेन आदिआदि जन्माइरहेको छ । हिरोसिमामा बम खसाल्न जाने अपराधी (६ र ९ अगष्ट, १९४५) पुस्ता तयार गरिरहेको छ । युरोपदेखि एसियासम्म मान्छे काट्दै आउने सिकन्दरलाई ‘जो जीता ऊ सिकन्दर’ भनेर युद्धलाई ‘ऊ ठूलो हुँ’ भनेर देखाउने साधन मानिरहेको छ । तर फेरि उसको ठूलो हुँ भन्ने अहम् स्त्रेण गुणमा आएर टकराएर झरिरहेको छ ।

किनकि पुरुषले जुनसुकै हालतमा प्राप्त गरेको पद, प्रतिष्ठा सबै स्त्रीको योनिमाथि विजय पाउनको लागि हुन्छ । पुरुष आफू नजिक आएका हरेक एक स्त्रीलाई धम्क्याएर, लोभ देखाएर, लठ्याएर, साथी बनेर जसरी हुन्छ स्त्रीको योनिमा प्रवेश गर्ने बाटो खोजिरहेको हुन्छ । आमा, छोरी, श्रीमती त योनिसँग सम्बन्धित हुने नै भए । अरु तेस्रो कुनै स्त्री नजिक भए पनि उसलाई पनि योनिसँग जोड्न लागि पर्छ ।

समाजमा सुरुदेखि आजसम्म ‘देखिस् तँ माथि मैले विजय प्राप्त गरेँ’ भन्ने एउटै भाव पुरुषले बोकेर हिँडेको छ । यो प्रवृत्ति पुरुषले समाज विकासको लामो अन्तरालमा तयार गरेको हो । त्यसैले अहिले समाज छैन, मात्र पुरुषबाट शासित मान्छेहरु छन् । समाज त त्यो दिन मात्र बन्छ, जुन दिन इजाजतविना पुरुष स्त्रीको शरीरमा हात लगाउन नसक्ने बन्छ ।

पुरुष आफू वरपर आएका हरेक स्त्रीहरुको यौनमाथि आफूले जितेको देखाउन लागि परिरहन्छ र अन्त्यमा स्त्रीलाई बुझ्ने चेष्टा गर्दागर्दै बुझ्न नपाइ मर्छ । यो एक ठाउँको एक–दुई पुरुषको नभएर मानव सभ्यतामा जन्मिएको हरेक पुरुषको मनोविज्ञान हो । अनि यसरी सधैं योनिको वरपर रहेको पुरुष श्रीमतीसँगको सम्बन्धमा पनि सयमा ९९ पटक बलत्कार नै गरिरहेको हुन्छ । यो कुरामा पुरुष स्त्री दुवै जानकार छन् । तर बाहिर बोलिँदैन ।

पुरुषले गर्ने यौन हिंसा खपेर यस समाजमा स्त्रीहरु कसरी जिइरहेका छन् भनेर एकजना इरानी चित्रकारले बनाएको चित्रले बताउँछ । चित्रकार राउफ हगिगिले स्त्रीको शरीर बनाएर शरीरबाट योनि र स्तन फुकालेर पुरुषलाई जिम्मा लगाएको देखाइएको छ । त्यो चित्रले स्त्रीले ‘मेरा यी दुई अंग लैजाऊ र मलाई शान्त बस्न देऊ’ भनेको भाव छ ।

यसको मतलव आज स्त्रीहरु अशान्त र बेचैन हुने कारण योनि र स्तनमाथि पुरुषको लगातारको आक्रमण हो । अन्य केही कारण छैन । अत्याचार कतिसम्म भने आफैं वेश्यालय खोलेर बसेको छ अनि समाज बिग्रिएको दोष स्त्रीमा लगाउँछ । खासमा चरित्रहीन स्त्री हुन्थी भने पुरुष वेश्यालय हुन्थे । स्त्रीहरुको एउटा दोष केमा छ भने पुरुषहरुले जे–जे अत्याचार गरेपनि सहेर बसे ।

खासमा समाजमा बाँचेको यो सामूहिकता पनि स्त्रीहरुको धैर्यका कारण थियो र छ । किनकि स्त्रीहरु नियममा नै छन् । वैदिक कालदेखि आजसम्म भौतिकताबाट छुट्ने यम, नियम, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, समाधि (पातञ्जलयोगसूत्रम्) जति पनि तरिका बताइए ती सबै पुरुषका लागि थियो । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास (सुश्रुत संहिता, सुत्रस्थान, शरीरास्थान) जीवनमा पालना गर्नुपर्ने शील सबै पुरुषका लािग थियो । तर उनीहरुले नै पालना नगरेका कारण आज समाजमा हत्या हिंसा, बलत्कार र युद्धमा लत्पतिएको छ ।

हामी सबैलाई एउटा कुरा जरुर लागेको हुन पर्छ कि कृष्ण, बुद्ध, महावीरपछि यति लामो समयसम्म पनि सर्वमान्य व्यक्ति किन जन्मन सकेन् भनेर ? किनभने जुन समाजमा आमा हिंसामा छ, त्यो समाजमा उल्लासमा र परमात्मा बोध गर्ने सन्तान जन्मने कल्पना नगरे पनि हुन्छ । सदियौंदेखि पुरुषले आफ्नो तुष्टिका लागि बनाएका एकलौटी नियममा घिसारिंदा घिसारिंदै पक्षघात भएको समाजलाई स्त्रीहरुले लिएर हिंड्नु परेको छ । यस्तो समाजमा आमाहरुले कसरी जन्माउन् कृष्ण, कसरी जन्माउन् बुद्ध, कसरी जन्माउन् महावीर ? दुषित मनोभाव बोकेर हिंडेका मानिस बस्ने समाजबाट सभ्य मान्छे निस्कने अपेक्षा गर्न सकिंदैन ।

यस्तो दुर्गन्धविरुद्ध बोलौं र बोल्नेलाई सहयोग गरौं । ढाकछोप गर्यौं भने हाम्रा ज्ञान ग्रन्थमा सीमित हुनेछन् र समाज यसैगरी हिंसाले जकडिएर फेरि पनि हिंसा नै उमार्ने मानिस जन्मनेछ । स्त्रीहरु बलात्कृत हुन तयार भएरै बस्नुपर्ने छ । आउनुस् फेरि कृष्ण जन्माउने, फेरि बुद्ध जन्माउने, फेरि महावीर जन्माउने समाज बनाउन आमाहरुलाई प्रफुल्लित बनाउँ ।

Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

के व्रत संस्कृति रुढीवाद हो ? –बिनु पोखरेल

    पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो ।  उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो ।  व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए ।  विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु । व्रतको अर्थ पहिला ...