Skip to main content

वर्णसङ्कर विचारको बिगबिगी





बिनु पोखरेल शनिबार,  २७ भदौ, २०७७


सदियौंदेखि निरन्तर मौलिक संस्कृति ऋषिपञ्चमीलाई ‘गुप्ताङ्ग धुने दिवस !’ भन्दै उडाइनु नयाँ बीउ, मल र विषादीले बाली सप्रने व्यापारिक दाबी जस्तै वर्णसङ्कर विचारको दरिद्रता हो । 


ठीक एक सय वर्षअघि १९७७ सालमा सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ पुस्तक लेखे । पुस्तकमा ‘रातो टाउके र कालो टाउके कीरा’, ‘बेलाइती कीरा’ जस्ता शब्दले तत्कालीन राणा शासक चन्द्रशमशेरलाई इङ्गित गरेको भन्दै उनलाई ९ वर्षका लागि जेल हालियो । १९८० सालमा जेलमै उनको निधन भयो । 


इतिहासमा यसलाई मकैको खेती पर्वका रूपमा पनि पढिन्छ, अधिकारीलाई देशकै प्रथम साहित्यिक शहीद भन्नेहरू पनि छन् ।


‘मकैको खेती’ मा राणा शासक विरुद्ध प्रष्ट कुनै किटानी नभए पनि कतिपयले जंगबहादुर र चन्द्रशमशेर लगायतका राणा शासकले पश्चिमाको संस्कृति र शिक्षा भित्र्याएर रैथाने संस्कृति मास्न थालेको र त्यसको सांकेतिक अवज्ञा सुब्बा कृष्णलालले गरेको ठान्नेहरू पनि छन् ।


यता सात वर्षअघि २०७० सालतिर हाम्रो मकै बालीमा पनि हाइब्रिड अर्थात् वर्णसङ्कर र जेनेटिकल्ली मोडिफाइड अर्थात् आनुवंशिक परिवर्तन गरिएका मकै लगायतका फलफूलका बीउ ल्याइने चर्चा चल्यो ।


अमेरिकी कम्पनी मोनसान्टोको यस्तो बीउ नेपाल ल्याउन र ‘कृषि क्रान्ति’ गर्न अमेरिकी सरकार नै लाग्यो । तर, यस्ता बीउले गरीब देशलाई मूल बीउबाट अलग गरेर आफ्नै वर्णसङ्कर बीउमा निर्भर बनाउने चाल बुझेपछि मोनसान्टो विरुद्ध अभियान नै चल्यो । अन्ततः अदालतले नै यस्ता बीउबिजन तत्काल निभित्र्याउन आदेश दिनुपर्‍याे।


वर्णसङ्कर भनेकै मूल मासेर खच्चर बनाउने प्रक्रिया हो । संस्कृतिलाई नै खच्चर बनाउने यस्तो अभ्यासको असर हामी पछिल्लो समय मनग्गे देखिइरहेका छौं । खासगरी यहाँका मौलिक चाडपर्वहरू विरुद्ध सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालमा यस्तै खच्चर अभियान चल्न थालेको छ । यस्तो अभियान भन्छ– हाम्रा सदियौंदेखिका संस्कृति कुरीति हुन्, आचारव्यवहार पुरातन हुन्, पहिरन र भान्छा पाखे हुन् अनि शास्त्र यी सबैका रक्षक।

बीउ आउन पाएन तर आयातित मल र विषादीको लत हाम्रा बाली र माटोलाई लागिसकेको छ । विगतमा प्राङ्गारिक मल हाल्दा मात्रै पनी एक कट्ठामा ६ मन धान उत्पादन हुन्थ्यो । तर अहिले जे जती उत्पादनकालागी पनी रासायनिक मल नहाली हुदैन । थोरै बाली बढ्ने लोभमा माटो बिग्रिएको छ । डर त मलको अधिक प्रयोगबाट माटोले उत्पादन नै नदिने त होइन भन्ने छ ।


आधुनिक र विकासे नामधारी बीउ, मल, विषादीबाट हाम्रो रैथाने बालीनाली, माटोको मौलिकता मासिए जस्तै यतिबेला हाम्रो रैथाने संस्कृति र सभ्यता नामेट गर्न पश्चिमा संस्कृतिका विकृतिको प्रवेश भइसकेको छ । जसरी वर्णसङ्कर अनाज र तरकारीमा मौलिक स्वाद छैन, पश्चिमा हावासँग मिसिएको वर्णसङ्कर विचारका कारण हाम्रो सामाजिक समाजको आचारव्यवहार र मानवीयतामा समेत ह्रास आइरहेको छ ।


विस्तारै हाम्रो संस्कृतिको बीउ मासिंदैछ । नेपाली समाजलाई परस्पर बेमेल, फुट, अन्तरध्वंश बनाउनेतर्फ उन्मुख गराउँदैछ ।


वर्णसङ्कर भनेकै मूल मासेर खच्चर बनाउने प्रक्रिया हो । संस्कृतिलाई नै खच्चर बनाउने यस्तो अभ्यासको असर हामी पछिल्लो समय मनग्गे देखिइरहेका छौं । खासगरी यहाँका मौलिक चाडपर्वहरू विरुद्ध सञ्चारमाध्यम र खासगरी सामाजिक सञ्जालमा यस्तै खच्चर अभियान चल्न थालेको छ । यस्तो अभियान भन्छ– हाम्रा सदियौंदेखिका संस्कृति कुरीति हुन्, आचारव्यवहार पुरातन हुन्, पहिरन र भान्छा पाखे हुन् अनि शास्त्र यी सबैका रक्षक ।


बदलामा जतिसुकै विसङ्गत भए पनि पश्चिमाका सबै कुरा सभ्य र वैज्ञानिक भन्ने विचारका एकथरी बिरामी छन्, जो विना कुनै तर्क, बहस, सनातन संस्कृतिको वकालत गर्नेमाथि आँखा चिम्लेर झम्टन्छन् । पछिल्लो उदाहरण हो– ऋषिपञ्चमीलाई ‘... धुने दिवस’ भन्दै गरिएको अपमान । 


‘गुप्ताङ्ग धुने दिवस !’

ऋषिपञ्चमीमा किन व्रत बसिन्छ ? कुनै पनि संस्कारका मनोवैज्ञानिक पक्षको बोध नै नगरी केवल भौतिकवादी व्याख्या मात्र गर्नेले ऋषिपञ्चमीलाई 'महिला जननेन्द्रिय धुने'मा सिमित देख्नु अस्वाभाविक बिल्कुल होइन ।


ऋषि पञ्चमीमा नुहाउँदै महिला । तस्वीहरुः हिमाल आर्काइभ

ऋषिपञ्चमी वैदिक संस्कृतिमध्येको पुरानो संस्कृति हो । खासमा यसलाई दतिवन दिवस भने पनि हुन्छ । ऋषिपञ्चमीको दिन दतिवन अर्थात् संस्कृतमा अपामार्ग नाम भएको वनस्पतीले शरीरका सबै अंग धुने गरिन्छ । मुखसमेत धुन नभ्याइ काममा लादिएका छोरीहरु माइत आएर औषधिय गुण भएको ठाउँविशेष अनुसार फरक स्थानिय नाम (चिरचिटा, चिरचिरी,लटजीरा, चिरचिरा इत्यादी) भएका दतिवनले आनन्दले नुहाउन पाउने सांस्कृतिक मनोविज्ञानसँग यो पर्व गाँसिएको छ । ‘एकिरान्थिस आस्पेरा’ वैज्ञानिक नाम भएको यो वनस्पतिलाई चिकित्सा विज्ञानले समेत औषधीय गुण भएको प्रमाणित गरिसकेको छ । यो वनस्पतिलाई छाला र जोर्नीको दुखाइ, पाठेघरको समस्या, मुखका खटिरा, दुर्गन्ध हटाउन समेत प्रयोग गरिन्छ । भारतको उत्तरप्रदेशमा महिलामा प्रसव वेदना, रक्तस्रावका साथै गर्भपतनपछिको उपचारमा दतिवनको प्रयोग पुरानो प्रचलन हो ।


अष्ट्रेलिया र केन्यामा पनि दतिवनलाई औषधिकै रूपमा जनस्तरमा मान्यता दिइएको छ । केन्यामा मलेरियाको उपचारमा समेत दतिवन सहायक मानिन्छ ।

ऋषिपञ्चमीको व्रतमा ३६५ वटा दतिवनले दाँत माझेर नजिकैको नदी, तलाउ, धारा तथा कुवामा नुहाएमा पाप मोचन हुने धार्मिक विश्वास छ । तर, यहाँनेर पाप र धर्मको सत्यतथ्यमा बहस गर्नुअघि हजारौं वर्षअघि समाजलाई बाँध्ने कुरा भनेकै पाप र धर्म थिए भनी बुझ्नु आवश्यक छ । त्यसकारण यो विश्वासमा धर्म र पापभन्दा बढी स्वास्थ्य जोडिएको अनुमान गर्न सकिन्छ।


चरक संहितामा दतिवनको बीजको धूलो एक गिलास पानीमा राखेर खाए सात दिन भोक नलाग्ने लेखिएको छ । संहिताको सूत्रस्थानको दोस्रो अध्यायको नाम नै अपामार्ग तण्डुलीय अध्याय राखिएको छ ।


ऋषिपञ्चमीलाई ‘गुप्ताङ्ग धुने दिवस’ भनेर उल्याएर स्वघोषित सचेत र शिक्षित बुद्धिजीवीमा दरिने कतिपयले आफ्नै मौलिक संस्कृतिलाई रद्दी बनाउनु अघि यो पर्व यति लामो समयसम्म रहनुको कारण खोतले सान्दर्भिक हुनेथियो ।


अबको थोरै, व्रतका कुरा । यो वैदिक संस्कृत शब्द हो । यो शब्द ऋग्वेदमा तीन हजार पटक लेखिएको छ– व्रियते इति व्रतम् । जे वरण गरिन्छ, त्यो व्रत हो । वरण अर्थात् स्वेच्छाले दृढ संकल्पको साथ कुनै उच्च उद्देश्यका लागि स्वीकारिएको अठोट । सारमा, संकल्प गर्ने संस्कार नै व्रत हो ।


अन्धानुकरणले आज हामी तीनपुस्ता समेत एउटै चुल्होमा पकाएर खान नसक्ने भइरहेका छौं । आपसी सम्बन्धमा संशय बढेको छ । विवाहको मर्म प्रेम हो तर हामी विवाहलाई शारीरिक सम्पर्कको आधिकारिक अनुमतिका रूपमा मात्रै लिएर त्यसको आत्यन्तिक पाटो ओझेल पारिरहेका छौं । जोखिमले भरिएको ‘लिभिङ टुगेदर’ संस्कृतिमा सुरक्षित ठानिरहेका छौं । 




वसुधैव कुटुम्बकम् हाम्रै पूर्वी सभ्यताले संसारलाई सिकाएको पाठ थियो । तर, आज हामी नाफा–घाटाको लेखाजोखामा स्वार्थी बनिरहेका छौं । र, यसैलाई सफल र सभ्य मानिरहेका छौं । पश्चिमा परिवार संस्कृतिको अनुकरण गर्दै जाँदा बाबुआमा वृद्धाश्रममा र छोराछोरी बालगृहमा हुने प्रवृत्ति देखिन्छ । हामी यसलाई वैयक्तिक स्वतन्त्रता ठान्छौं अनि आफ्ना संस्कृतिका मर्यादालाई पुरातन भनेर पन्छाउँछौं । 


नेपाली ‘मेकाले’

हाम्रो शिक्षा, भाषा, भेषभुषा र संस्कृतिमा कसरी वर्णसङ्कर प्रवेश ग¥यो र यसले हाम्रो सभ्यता बाँझो बनाउने यत्न गरिरहेको छ भन्ने बुझ्न अंग्रेज शासित भारत हेरे पुग्छ ।


लर्ड मेकाले। स्केचः जोन पार्ट्रिज 

बेलायतले संस्कृत, हिन्दी हटाएर अंग्रेजी भाषाको विकास गर्ने योजनास्वरुप सन् १८३४ मा लर्ड थमस बेबिङ्टन मेकालेलाई भारत पठाएको थियो । मेकालेले सन् १८३५ मा लण्डनमा एउटा प्रतिवेदन बुझाए, जसमा उनले लेखेका थिए– मैले भारतीयहरूलाई शरीर मात्र भारतीय, उनीहरूको दिल र दिमाग भने ब्रिटिश बनाएर आएको छु।


नेपाली मन, मस्तिष्क ‘अंग्रेजी’ बनाउन यहाँ थुप्रै ‘मेकालेहरू’ सक्रिय छन् । तर, आवरण भने अनेक छ । ती सञ्चारमाध्यममा स्तम्भकारका रूपमा पनि छन्, नीति अनुसन्धानदाताका रूपमा पनि छन्, छात्रवृत्ति, लेखनवृत्तिमा पनि लुकेका छन् । अनि यो स्वरुपमा उत्पादित विचार, भाष्य र अजेण्डा सेटिङले सञ्चारमाध्यममा मुख्य स्थान पाउँछन्। 

अंग्रेजले भारत छाडेसँगै भारतमा अंग्रेजीको प्रभाव पनि उसैगरी जाला भन्ने अपेक्षा थियो । तर, भइदियो उल्टो । स्वतन्त्र भारतको सातदशक बितिसक्दा आज भारतमा अंग्रेजीको प्रभुत्व हिजोभन्दा धेरै बढी छ ।


नेपाल भारतजस्तो उपनिवेश बन्नु परेन, कुनै मेकाले पनि यहाँ आएनन् । तर, यसो भन्दैमा हाम्रो भाषा, शिक्षाप्रणाली, धर्म, संस्कृतिमा विदेशी प्रभाव परेको छैन भन्नु सरासरी झूटो दावी गर्नु हुनेछ ।


नेपाली मन, मस्तिष्क ‘अंग्रेजी’ बनाउन यहाँ थुप्रै ‘मेकालेहरू’ सक्रिय छन् । तर, आवरण भने अनेक छ । ती सञ्चारमाध्यममा स्तम्भकारका रूपमा पनि छन्, नीति अनुसन्धानदाताका रूपमा पनि छन्, छात्रवृत्ति, लेखनवृत्तिमा पनि लुकेका छन् । अनि यो स्वरुपमा उत्पादित विचार, भाष्य र अजेण्डा सेटिङले सञ्चारमाध्यममा मुख्य स्थान पाउँछन् । फेरि तिनै लेख, समाचारलाई सघाउ पुर्‍याउने थप सामग्रीको लहर चल्छ । लाग्छ, यो एउटा नियोजित चाल हो ।


यी कथित सभ्य, भव्य आधुनिक ठानिने ‘विचार–निर्माता’ बाट आज आमनागरिक मात्र होइन नागरिक समाज र अन्ततः राजनीति नै प्रभावित बनिसकेको छ । हाम्रो शरीर नेपाली तर मानसिकता ‘अंग्रेज’ बनाइसकेको छ । निश्चित अजेण्डासँग असहमति राख्नेहरूलाई सामाजिक सञ्जालमा कसरी हूल बाँधेर प्रहार गरिन्छ, यसबाट पनि आमसोच प्रतीत हुन्छ ।


आधुनिक, उत्तरआधुनिक बन्ने लहडमा वर्णसङ्कर बीउबाट रैथाने बाली मास्ने, नयाँ रूपका मेकालेहरूको सभ्यताको खोक्रा परिभाषाहरूमा भुलिने या पूर्वीय मौलिक संस्कृतिलाई जीवन दिंदै नेपाली पहिचान कायम राख्ने ? अन्तिम निर्णय फेरि पनि हामीले नै गर्नुछ ।


 


शनिबार, २७ भदौ, २०७७, १८:०८:०० मा प्रकाशित

https://www.himalkhabar.com/news/118292

Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

जहाँ छोरा अन्माएर ज्वाइँ भित्र्याइन्छ– बिनु पोखरेल

  बिहेपछि छोरीले घर–माइती गर्ने समाजमा हुर्केकी म केही समयअघि भारतको मेघालय पुगेँ। त्यहाँ पुगेपछि बनेका मेरा साथी हुन् हरि लिङ्दो। हुरीसहितको झमझम पानी परिरहेको एक साँझ हरि, उनकी श्रीमती सल्ला र छोरीसँगै म हरिको आमाघर (माइती) मअल्यङ् गएँ। मअल्यङ् मेघालयमा रहेको एउटा सुन्दर गाउँ हो, जहाँ मातृप्रधान सामाजिक व्यवस्था छ। नेपालमा छोरीलाई अन्माएर ज्वाइँको घरमा पठाएजस्तै यहाँका खासी जातिमा छोरालाई अन्माएर बुहारीको घरमा पठाइन्छ। यो गाउँमा खासीहरुको बाक्लो बस्ती छ। यस मातृप्रधान समाजको मुख्य पेसा व्यापार हो। यो गाउँ लामो कुचोका कारण प्रसिद्ध छ। म पनि उनीहरुको साथ लागेर हरिको माइती गएँ।  माइत जाँदा हरिले नै गाडी हाँकेर लिएर गए। बाटोमा उनलाई मैले हिन्दीमा सोधेकी थिएँ– ‘कति पछि माइत आयौ हरि?’ उनले हाँस्दै नेपालीमा भनेका थिए– ‘यता काम पर्दा कहिलेकाहीँ निस्कन्छु। यहीँ बस्नेगरी नआएको त धेरै भयो।’ व्यापारी भएका कारण धेरै ठाउँ डुल्ने र बुबा नेपाली भएकाले उनी हिन्दी, अंग्रेजी, नेपाली र खसिया भाषामा सहज बोल्न सक्छन्। तथापि अधिकांश खासीहरु आफ्नोबाहेक अन्य भाषा बुझ्दैनन्। हामी उनको माइती पुग्दा आम...